माओवादी बैठक भाेलिसम्मका लागि सर्‍याे, नेताहरू आन्तरिक छलफलमा

माओवादी बैठक भाेलिसम्मका लागि सर्‍याे, नेताहरू आन्तरिक छलफलमा

काठमाडाैँ – माओवादी केन्द्रीय समिति बैठक पुन: सरेकाे छ । यसअघि बिहान ११ बजेबाट दिउँसाे २ बजेका लागि सरेकाे बैठक पुन: भाेलिका लागि सरेकाे हाे । बैठक बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बस्ने छ ।

संसद् बैठक आजै परेकाे र आन्तरिक सरसल्लाह नपुगेकाे भन्दै बैठक सार्नुपरेकाे केन्द्रीय सदस्य अन्जना विशङ्खेले बताइन् । ‘बैठक सरेकाे हाे,’ उनले भनिन्, ‘संसद् बैठक पनि आजै पर्‍याे, हाम्राे पार्टीकाे बैठकका लागि पर्याप्त सल्लाह हुन पाएन । यसैले बैठक सारिएकाे जानकारी छ ।’

शीर्ष नेताहरूबीच भने छलफल भइरहेकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा पूर्वपदाधिकारी बैठक बसिरहेकाे छ । बैठकले पदाधिकारी टुङ्ग्याउनेलगायतका विषयमा छलफल गरिरहेकाे छ । याे बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्याउँदै छ । जसका लागि सहमित जुटाउने प्रयास भइरेकाे छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij