काठमाडौं ।
आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ ।
हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा। चुम्बनलाल दासले जानकारी दिए ।
‘५ जिल्लामा पहिला चलाएको औषधिले पनि रोग निवारण नभएको देखियो,’ डा.दासले सँग भनेअहिले अर्को थप औषधि दिने लागेका हौं ।’ उनका अनुसार यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।
डा। दासका अनुसार ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।
महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । । ‘यी जिल्लामा यसभन्दा अगाडि डाइथाइलकार्बामाजिन प्रयोग गरिएको थियो । तर, रोग निवारण हुन सकेन त्यसकारण हामीले यसपटक आइभरमेक्टिन औषधि थप गरिएका छौं,’ डा.दासले भने ।
यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ ।
१० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ । औषधि सेवन कार्यक्रममा ४ हजार ७ सय र ८ हजार ८०० महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्