नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्माले कांग्रेस बिना परिवर्तन र लोकतन्त्रको रक्षा हुन नसक्ने बताउनुभएको छ। नेपाली काँग्रेस देवदह १० ले आयोजना गरेको बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । बिकास र समृद्धिका लागि कांग्रेस नै जनताको सच्चा साथी रहेको उहाँको भनाइ छ ।पूर्व मन्त्री विश्वकर्माले देशको आर्थिक समृद्धिका लागि एमसीसी परियोजना कोसेढुङ्गा सावित हुने बताउनुभयो ।देवदह १० वडा सभापति रेनुका आलेको अध्यक्षतामा भएको भेलामा नेता विश्वकर्माले नेपालका कम्यूनिष्टहरुको लक्ष्य बहुदलिय समाजवाद नभएको दावी गर्नु भयो । उक्त कार्यक्रममा १ सय बढीले अन्य दल छोडी नेपाली काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस देवदह उपसभापति अमर लामिछानेले जानकारी दिनु भएको छ । नेपाल तरुण दल केन्द्रिय विभागिय सदस्य सुरेश रानाको स्वागत तथा वडा सचिव दिल बहादुर थापाको संचालनमा भएको कार्यक्रममा महासमिती सदस्य मणि प्रसाद शर्मा, महासमिती सदस्य तथा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनार,रुपन्देही जिल्ला सह सचिव बासु रिमाल नेपाल दलित संघ केन्द्रिय सचिव देबिका नेपाली, , पूर्व जिल्ला सदस्य अकबाल खाँ लगायतले नव प्रवेशि काँग्रेसहरुलाई स्वागत गर्नु भएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्