कांग्रेसले स्वतन्त्र पत्रकारिताको खिलापमा सोंच्नै सक्दैन : गृहमन्त्री

कांग्रेसले स्वतन्त्र पत्रकारिताको खिलापमा सोंच्नै सक्दैन : गृहमन्त्री

 

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी विरोधको नाममा भएको आक्रमण र आलोचना सहेर सरकार संयम बनेको बताउनुभएको छ । उहाँले एमसीसी विरोधका नाममा भएको आन्दोलनका क्रममा ५० प्रहरी घाइते हुँदा समेत सरकारले ठूलो बल प्रयोग नगरेको र कसैको ज्यान जाने अवस्था नआएको दाबी गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमाको मणिग्राममा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री खाँणले अभिव्यक्ती स्वतन्त्रता प्रति समेत सरकार सँधै उदार बनेको उल्लेख गर्नुभयो ।
एमसीसीको बारेमा समाजिक सञ्जालमा तथानाम टिप्पणी र आलोचना हुँदा समेत सरकारले कसैलाई समान्य सोधपुछ समेत नगरेको उहाँको भनाइ छ । खाँणले विरोधका नाममा आलोचना, गाली, झण्डा देखाए पनि जिवित मान्छेलाई श्रद्धाञ्जली लेख्ने जस्तो संवेदनाहिन काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका खाँणले स्वतन्त्र पत्रकारिता र प्रजातन्त्र एउटा सिक्काका दुईटा पाटा भएको कांग्रेसले स्वतन्त्र पत्रकारिताको खिलापमा सोंच्नै नसक्ने उल्लेख गर्नुभयो । श्रमिक पत्रकारका समस्या बारे अवगत गराउन आग्रह गर्दै उहाँले सरकारले रचनात्मक रुपमा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।
एमसीसी अनुमोदन गर्ने र गठबन्धन पनि जोगाउने चुनौति कांग्रेस नेतृत्वको सरकारले पार लगाएको खाँणले उल्लेख गर्नुभयो । उहाँले एमसीसी विशुद्ध राष्ट्रहितमा रहेकाले दाबी गर्नुभयो ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गलत खालका प्रचार र भ्रम छर्ने काम भएको भन्दै सत्य तथ्य उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता र समृद्धिको लागि कांग्रेस अनिवार्य जस्तै भएको उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रिय सभापति तथा युनियनका पूर्व केन्द्रीय उपसभापति हरि लम्साल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, युनियनका उपसभापति कविन्द्र नेपाल, दिपक घिमिरे, सहसचिव कल्पना तिवारी लगायतले बोल्दै लोकतन्त्रको पक्षमा सत्य तथ्यमा आधारित भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij