अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणकाका लागि अभिमुखिकरण

अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणकाका लागि अभिमुखिकरण

 

बुटवल

अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्ग महिला संघ र अपाङ्गतामहिला संघको आयोजना र बुटवल उप(महानरपालिका वडा नम्बर १६ को सहयोगमा कार्यक्रम भएको हो ।

अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम प्रसाद रेग्मीले अपाङ्गता भएका समुदाय, त्यसमापनि महिला तथा वालवालिकाको अधिकार प्रति नगरपालिका जहिले पनि सजग र सचेत रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नःस्थापनाको लागि आफुले जहिले पनि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा वडा नम्बर १६ का जन प्रतिनिधि बाल कुमारी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै वडा सदस्य निरु विश्वकर्मा, गगन बहादुर गुरुङ्ग, सन्त प्रसाद थारु, वडा सचिव जगत बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । वडा नम्बर १६ का अपाङ्गता भएका व्याक्ति, उनीहरुको परिवार तथा महिला स्वयम सेविका र सरोकारवालाहरुको सहभागीता रहेको अभिमुखिरकण कार्यक्रममा अधिवक्ता गौतम सुनार, विन्दु ज्ञवाली लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन पार्वती न्यौपानेले र स्वागत सुमी गुरुङ्गले गरेकी थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij