प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

उक्त बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ । आजको बैठकमा एमालेको अवरोधबीच सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।

त्यस्तै, बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले राणाविरुद्ध यसअघि संसद सचिवालयमा दर्ता गराएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग पेस पनि गरेका छन् । गत फागनु १ गते २१ बुँदे आरोपसहित राणाविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दलले महाअभियोग दर्ता गराएका थिए । प्रतिपक्ष दल नेकपा एमालेले भने आजको बैठकमा पनि अवरोध कायम राखेको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij