बुटवल -लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सूचनालाई सकारात्मक बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सूचनाद्वारा भ्रष्टाचार र अनियमितता कम हुने भन्दै सूचना के र केका लागि भन्ने कुरामा प्रष्ट हुनु जरूरी रहेको बताउनुभयो । मानव अधिकार सञ्चार प्रतिष्ठानद्वारा आयोजित प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक समबन्धि कार्यशालामा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री शर्माले हामी सबै राम्रो बन्न चाहाने तर राम्रो काम गर्न नचाहाने बताउनुभयो । कार्यक्रममा पत्रकार डिआर घिमिरेले सूचनाको हक सबै नागरिकलाई आवश्यक भएको बताउँदै सूचनाले हरेक नागरिकलाई शशक्त बनाउने उल्लेख गर्नुभयो । सूचनाबाट जो बञ्चित छ उ अवसरहरूबाट बञ्चित हुने भन्दै सबै नागरिकले सूचना पाउनै पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका अर्का अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले सूचनाबाट कुनै पनि नागरिकलाई बञ्चित गर्न नहुने भन्दै हरेक नागरिक समक्ष पुग्ने खालका योजना बनाउनुपर्ने बताउनुभयो । मानव अधिकार सञ्चार प्रतिष्ठानका कार्यक्रम अधिकृत अनिता शिवाकोटीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा शिक्षा विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवाली , मानव अधिकार सञ्चार प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ पत्रकार टंक पन्थ , सांसद दिपा विश्वकर्मा , जनप्रतिनिधिहरू , सरोकारवाला निकायका पदाधिकारीहरू को उपस्थित रहेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन पत्रकार कल्पना तिवारीले गर्नभएको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्