एमाले अव चुनाव केन्द्रित भएको छ : एमाले पोलिटब्यूरो सदस्य गिरी

एमाले अव चुनाव केन्द्रित भएको छ : एमाले पोलिटब्यूरो सदस्य गिरी

 

तिलोत्तम ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अव निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए ।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा बुधबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै पोलिटब्यूरो सदस्य गिरीले यस्तो बताएका हुन् । “एमाले अव चुनामा केन्द्रित भएको छ, अवका तीनै तहका निर्वाचनमा एमालेको विजय निश्चित छ”–उनले भने ।

एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न डराएर अन्य दलहरुले गठबन्धन गरेर मात्र चुनावमा जाने तयारी गरेको भन्दै जुनसुकै गठबन्धन भएपनि एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिन तयार रहेको बताए ।

उनले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”–गिरीले भने ।

उनले अहिले सबैतिर एमाले प्रवेशको लहर चलिरहेको र पार्टीप्रतिको आकर्षण बढ्दै गएको भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपनेले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि न्यौपानेले बताए ।

 

उनले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तुलसीप्रसाद सापकोटा सहित करिव एकसय जनालाई एमाले नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।

एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी तुलसीप्रसाद सापकोटा, खिमानन्द न्यौपानेगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij