उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै – वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने बताउनुुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले उम्मेवदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिँदा पालिकाबाट हुँदै आएको सेवा नै प्रभावित हुने भएकाले यो व्यवस्था अव्यावहारिक हुने बताउनुुभयो । यस्तै एमालेका उपमहासचिव विष्णु रिमालले पनि चुनावमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ने भए पनि सेवा नै रोक्नेगरी आचारसंहिता बनाउन उचित नहुने बताउनुुभएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि स्थानीय जनप्रतिनिधिले उम्मेदवारी दिनु पहिले नै राजीनामा दिनुपर्ने व्यवस्था विभेदकारी रहेको टिप्पणी गर्नुुभएको छ । निर्वाचन आयोगले भने अहिलेको कानुनी व्यवस्थाअनुसार नै निर्वाचन आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको बताएको छ ।

चुनावलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउने उद्देश्यका साथ नयाँ व्यवस्था गरिएको आयोगको भनाइ छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij