बुटवल-आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस बुटवल १७ मा सम्पर्क कार्यालय उदघाटन तथा युवा भेला सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बिच सम्पर्क कार्यालयको उदघाटन र युवा भेला सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस रुपन्देहिका जिल्ला सभापति रामकृष्ण खाँणले देशका विकास र निकासका निम्ती अब हरेक तहमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उनले आगामी स्थानिय तहमा काँग्रेसको नेतृत्व स्थापित गर्नका लागि आम कार्यकर्तालाई आग्रह गरे।
अमेरिकी सहयोग परियोजना एमसीसी विकास आयोजना भएको तर्कगर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमिमा अमेरिकी सेना नआउने बिकास ले गति लिने बताउदै अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन उनले आग्रह गरे ।

युवा नेता खाँणले यस क्षेत्रमा बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा वर्षौदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाईने तर, स्थानीयलाई भने कुनै पनि हालतमा विस्थापित नगर्ने बताएका छन । उनका अनुसार औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरिरहेका छन् त्यसलाई व्यवस्थापन गरेर त्यसबाट बचेको जमिनबाट मात्रै स्माट औद्योगिक क्षेत्रको रुपमा अगाडी बढाइने बताए ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति हरी लम्सालले पछिल्लो समय एमसिसिको विषयमा कम्यूनिष्ट पार्टीले भ्रम छरेको भन्दै त्यसलाई चिरेर जनतालाई यथार्थ बुझाउन आवश्यक रहेको बताए । उनले स्थानिय चुनावलाई लक्षित गर्दै नेपाली काँग्रेसले वडा देखि नै बलियो र समृद्ध सुदृढिकरण गर्न सक्रिय रुपमा आ–आफ्नो वडा तथा क्षेत्रबाट लाग्नुपनमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डेले नेपाली काँग्रेसको पहिलो प्राथमिकतामा सुकुम्वासी समस्या समाधान भएको बताए ।पाण्डेले सुकुम्वासीलाई लालपुर्जा दिने तथा व्यवस्थित बसोबास विकास पार्टिको प्राथमिकता भएकोमा जोड दिए।
नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको विकास गर्ने बताए ।
साथै १७ नम्बर वडामा अहिले आफूअनुकुल हुने गरी चुनावको मुखमा आएर वार्डको निती बिपरीत बिभिन्न संघसंस्थालाई जग्गा बितरण गरेको पाइएकाले वार्ड एक पार्टिको मात्रै नभइ समग्रको सम्पती भएको हुँदा सो जग्गा बितरण हुँदा यसको जानकारी सार्बजनिक रुपमा हुनुपर्ने धारणा राखे वडा अध्यक्षले मर्यादामा बसेर काम गर्नुपर्ने धारणा राखे

‘नेपाली कांग्रेसबाहेक यहाँ अरु दलले विकासमा के कति योगदान गरेका छन मूल्यांकन गरि त्यसकै आधारमा मत प्रकट गर्नुहोस, पाण्डेले भने,मैना बगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती कक्ष निर्माण, लायन्स आँखा अस्पताल निर्माणलगायतका काम नेपाली कांग्रेसका नेता सुर्यप्रसाद प्रधान मेयर हुँदा सुरुवात गर्नु भएको थियो।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश प्रतिनिधी भिम प्रशाद न्यौपाने , पार्टी सभापती ओम बहादुर भिमिरे बाबुराम ,मान बहादुर गुरुङ,कमल गुरुङ लगागतले बोल्दै काँग्रेसको नेतृत्वमा भएका महत्वपुर्ण कार्य र पछिल्ला दिनमा चर्चामा चलेको एमसिसीको बारेमा आम जनतालाई बुझाउने काममा लाग्नुपर्नेे बताए ।

प्रकाशित मिति : आइतबार, चैत्र ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्