कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी त्यागेको घोषणा

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी त्यागेको घोषणा

काठमाण्डौ ।

 

नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ।

 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गर्नुभएको हो।

 

सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो ।

 

उहाँले लेख्नु भएको‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु।’

 

लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकाङ्क्षी शर्माले प्रदेश कमिटीमा नपरेपछि असन्तुष्टि जनाउनु भएको हो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij