प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने

काठमाण्डौ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनु भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको हो । उहाँ आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लाग्नु भएको हो । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो ।

 

गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भनिए पनि कोरोनाका कारण त्यो कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो ।

 

देउवाले पछिल्लो पटक २०७४ साल भदौमा भारतको पाँच दिने राजकीय भ्रमण गर्नु भएको थियो । नेपालले भारतको अतिक्रमणमा परेको लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा ल्याएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।

 

लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो दाबी गर्दै आएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन घटना लगायतका कारण दुई देशको सम्बन्ध सुमधुर छैन । कुटनीतिज्ञले छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij