रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

बुटवल-रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।

युद्धको कुनै पनि संभावनालाई खारेज गर्न र शान्ति प्रवद्र्धन गर्न जोड दिदै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको समाजले रुपन्देहीको चौराहामा आधाघण्टा प्रदर्शन गरेको हो । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म भएको प्रदर्शनमा बोल्दै समाजका केन्द्रिय सभापति गोबिन्द खनालले रुसले युक्रेन अपराध गरिरहेको बताए ।

उनले बालबालिका र महिलासहित हजारौं निहत्था मानिसको हत्या मानवता बिरुद्धको अपराध चएको बताए । समाजले युद्ध टार्ने कुटनीति र युद्धको कुनै पनि संभावनालाई खारेज गर्नुपर्नेमा जोड दिएरै नेपालमा विशेष अभियान प्रारम्भ गरेको उनले बताए ।

रुस–युक्रेनबिच युद्धको आशंका बढ्दै जँदा संयुक्त राष्ट्रसंघलाई गहन जिम्मेबारी निर्बाह गर्न उनले आगह्र गरे । युद्धमा कुनैपनि पक्षको जित र हार नहुनेभन्दै उनले हरेक समस्यालाइ बार्ता र शान्तिपूर्ण तवरमा समाधान गर्नुपर्ने बताए ।

जिल्ला सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कपिल ज्ञवाली लगायतले बोल्दै रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रह गरे ।

प्रदर्शनमा केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य बिष्णु भुसाल लगायत ३ दर्जनभन्दा बढि अधिकारकर्मीको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij