बुटवल
निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियाका कारण आचारसंहिता कार्यान्वयनको समय केही दिन पर धकलिएको आयोगले जनाएको छ।
आचारसंहिता उल्लंघनका घटनाको उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिला भएकोे निर्वाचन आयोग स्रोतको भनाइ छ।
आचारसंहितामाथि छलफल गर्न यही २२ गते सर्वदलीय वैठक बोलाएको आयोग स्रोतले जनाएको छ। उक्त बैठकमा आउने सुझावपछि आचारसंहिता लागू हुने आयोगको भनाइ छ।
यसबीचमा निर्वाचनको प्रचारप्रसारका क्रममा दल तथा उम्मेदवारबाट हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न आयोगले गत बुधबारदेखि सातै प्रदेशका राजधानी र भारतीय सीमा नाकासँंग जोडिएका जिल्लामा अन्तर्क्रिया सञ्चालन गर्दै आएको छ।
अन्तर्क्रियामा स्थानीय तह निर्वाचन आचारसंहिता, त्यसको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको आयोगको भनाइ छ।
प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्