सत्ता गठबन्धनको बैठक बस्दै, चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल हुने

काठमाण्डाै – स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ ।

बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने  निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो ।

कांग्रेसको शेखर कोइराला पक्ष तालमेलको विपक्षमा छ तर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहित बहुमत संख्या आवश्यकताअनुसार तालमेल  गर्ने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बस्ने गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ । हिजो चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरको मेयरमा माओवादीको दाबी रहने बताउनु भएको थियो ।

यस्तै, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij