प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाउनुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाँणलाई कार्यबाहकको जिम्मेवारी दिनुभएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्र राष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्