तिलोत्तमा-नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेशन नेपालको तिलोत्तमा १७ को वडा कमिटी गठन भएको छ । सोमबार एक कार्यक्रमका बिच वडा नम्बर १७ को २७ सदस्यीय वडा कमिटी गठन भएको हो ।सोही अन्तर्गत वडा नम्बर १७ मा पनि प्रचारप्रसार तथा सम्पर्क कार्यालयको पनि उद्घाटन गरिएको छ ।
आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा धमाधम प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन भैरहेका छन् ।
नेकपा एमाले शाखा कमिटी अध्यक्ष विष्णु बस्यालको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्ष सुरेश राना मगर , उपाध्यक्ष विरेन्द्र चौधरी , सचिव ईश्वर पाण्डे चयन हुनुभएको छ ।
त्यस्तै उपसचिव भेषराज चौधरी र विशाल न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा दिलिप यादव , गोपी बिक , लालमुद्दिन खान , प्रदीप कहार , विजय गैह्रे , बेचन यादव लगायत २७ सदस्यीय कमिटी गठन भएको हो । रिता चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै पोलिटव्युरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दधिराम न्यौपाने , केन्द्रीय कमिटी सल्लाहकार गोपाल भट्टराई , राष्ट्रिय सभा सदस्य कविराम अर्याल , लुम्बिनी प्रदेश सदस्य तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे , मोहन चापागाईं , जिल्ला उपाध्यक्ष तिलोत्तमा नगर उपप्रमुख जागगेश्वरी चौधरी , नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे , अखिल नेपाल किसान महासंघ नगर अध्यक्ष टेकप्रसाद अर्याल , अनेम संघ नगर अध्यक्ष कमला गौतम , युवासंघ नगर अध्यक्ष दिपेश कडेल , रिटर्नी फेडेरेशन नगर अध्यक्ष सन्तोष अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राजु चौधरीले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्