लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी गुरुयोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत

लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी गुरुयोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत

बुटवल ।

लुम्बीनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार निर्माण प्राधिकरणले सरकारलाई बुझाएको गुरुयोजना स्वीकृत गरेको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाइएको गुरुयोजनालाई आधार बनाएर अब सरकारले विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । २०७७ सालमा लुम्बिनी प्रदेश सभाले दाङ, अर्घाखाँची र कपिलवस्तुको संगमस्थल दाङको देउखुरी क्षेत्र अर्थात् राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

यस्तै बैठकले लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सक परिचालन तथा सञ्चालन, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा पहिलो संशोधनलगायत स्वीकृत गरेको छ ।
यसैगरी प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, लालमटिया स्वास्थ्यचौकी, भालुवाङ, दाङलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत सञ्चालन ल्याउन नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij