गठबन्धनद्धारा छलफललाई तिव्रता , पालीका स्तरीय संयन्त्रको सुुझाव बमोजिम निर्णय

गठबन्धनद्धारा छलफललाई तिव्रता , पालीका स्तरीय संयन्त्रको सुुझाव बमोजिम निर्णय

 

भैरहवा

सक्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा रुपन्देहीका के कसरी टिकट फाड गर्ने भनेर छलफलाई तिव्र पारेका छन् । जतीसक्दो छिटो जिल्लाका १६ बटै स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडी बढेको गठबन्धनका सयोंजक एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

उनका बिहीबारको बैठकमा अनुसार पालीका स्तरीय संयन्त्रलाई तत्काल सयुक्त बैठक बसी यही चैत २७ गते भित्र जिल्लामा रायसुुझाव पठाउन निर्देसन दिने निर्णय समेत भएको छ । त्यस्तै गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चा बाहेक अन्यदलसगं बैठक नवस्न समेत निर्देसन भएको छ ।

सवै दलको सह अस्थित्व स्विकार गर्दै सम्मान जनकरुपमा साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडी बढेको जनता समाजबादीका रुपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिए । सयोंजक खाणको सभापत्विमा बसेको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस नेता भरतकुमार शाह, नेकपा समाजबादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, केन्द्रीय सदस्य सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका सचिव हरी काफ्ले, क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग लगायतले धारणा राख्दै आ–आफ्ना पार्टी र सयंत्रबाट पालीकाको रायसुुझाव लिई ठोस निष्कर्षमा पुगीनुु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij