बुटवल
आँउदो स्थानीय निकायको निर्बाचनलाई थप ब्यवस्थित गर्न नेपाली कांग्रेस बुटवल उपमाहानगरपालीका वडा नं। १८ मा चुनाब प्रचार प्रसार सम्पर्क कार्यालयको उदघाटन गरीएको छ । स्थानीय निकाएको चुनाबमा प्रचार प्रसार गर्न निर्बाचनमा सहजता होस भन्ने उदेश्यले कार्यालयको उदघाटन गरीएको हो ।
आज बुटवल वडा नं। १८मा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालयको आज नेपाली कांग्रेस प्रदेश सभपति घनश्याम चालिसे ले उद्घाटन गर्नुभयो । चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै सभापति चालीसे ले चुनावको लागी टिकट जसले पाएपनि नेपाली काँग्रेसले पाउने भएकाले पार्टीको उमेद्वारलाई जिताउनको लागी सबैलाई लाग्न आग्रह गर्नुभयो ।सभापति चालीसेले जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी समेत गर्नुभयो। उहाँले देशको समस्या समाधान गर्न सक्ने पाटी भनेकै कांग्रेस भएकाले कांग्रेस कै प्रतिनीधिलाई जिताउनु पर्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेयले कांग्रेसका कार्यकर्ता सधैं जनताको सुख दुखको साथी बन्नु पर्ने बताउनु भयो ।
महामानव विपि कोईरालाले प्रतिपादन गरेको समाजबादको शिद्धान्त अनुसार साधारण जीवनमा रहेर जनताको घर घरमा पुगेर सुख दुःखमा साथ दिनको लागि उँहाले आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा प्रदेश प्रतिनिधी भिम प्रशाद न्यौपाने। क्षेत्रीय प्रतिनिधी वासुदेव घिमिरे लगायतले बोल्नुभएको थियो ।कार्यक्रम बुटवल १८ का वडा सभापती हुमराज ढकालको अधक्षता एवम वडा कार्य समिति का सचिव शेषकान्त अर्यालको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, चैत्र २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्