गएकाे वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएकाे थियाे : प्रचण्ड

गएकाे वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएकाे थियाे : प्रचण्ड

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरूकाविरुद्धमा सबै नागरिक एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

आज शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्वागत गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । गएकाे वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गएकाे वर्ष जति बेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो, त्यसकाविरुद्ध हामीले सङ्घर्ष गर्‍याैँ र त्यसमा सफलता प्राप्त गर्‍याैँ । यो देशका मधेसी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकार स्थापित गर्न माओवादी केन्द्रले लडेर सफलता पाएकाे हाे । यसलाई उल्ट्याउन खोज्ने तत्त्वहरूकाविरुद्ध फेरि एकचोटि सबै जनता एकजुट हुने प्रक्रियामा अगाडि बढेको मैले महसुस गरेको छु ।’

अध्यक्ष प्रण्डले देशलाई सामाजिक न्यायसहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको पनि दाबी गर्नुभयाे ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij