काठमाडौं, । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी कांग्रेसको भएको बताएका बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सो बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार रहेको बताउदै चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेकाले अलि बढी जिम्मेवार हुनुपर्ने देउवााके भनाइ थियो ।
गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने देउवाको भनाइ थियो । बैठकमा सहभागी सदस्यले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको अवस्था हेरेर निर्णय लिन सुझाव दिएका थिए । आजकाे वैठक विना निष्कर्ष टुंगिएकाे छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्