नेपाली कांग्रेस बुटवल १७ मा १ सय ५१ सदस्य प्रचार-प्रसार समीति गठन

नेपाली कांग्रेस बुटवल १७ मा १ सय ५१ सदस्य प्रचार-प्रसार समीति गठन

बुटवल-आँउदो स्थानीय निकायको निर्बाचनलाई थप ब्यवस्थित गर्न नेपाली कांग्रेस बुटवल उपमाहानगरपालीका वडा नं.मा प्रचारप्रसार समीति गठन गरिएको छ ।

समितिले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ। जसअन्तर्गत रुप बहादुर गुरुगंको संयोजकत्वमा ९८ जना क्रियासिल सदस्य सहित अन्य सदस्य गरि १ सय ५१ सदस्य प्रचार प्रसार समिती गठन गरिएको हो ।

भिम प्रसाद न्यौपानेको संयोजकत्वमा अनुगमन समिती गठन गरिएको छ ।जसको सदस्यहरुमा सफातुल्ला खाँ र माया भण्डारी रहेका छन् । त्यस्तै धन बहादुर ठकुरीलाई युवा संगठन बिस्तारको जिम्मेवारी दिएको छ । महिला संघ बिस्तारको जिम्मेवारी श्याममाया गुरुगंलाई दिएको छ ।

कार्यक्रममा प्रदेश प्रतिनीधि भिम प्रसाद न्यौपाने ले जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी समेत गर्नुभयो। उहाँले देशको समस्या समाधान गर्न सक्ने पाटी भनेकै कांग्रेस भएकाले कांग्रेस कै प्रतिनीधिलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष उम्मेदवार ज्ञान बहादुर रेश्मि, तरुण दल सभापति धन बहादुर उचै ठकुरी, महिला संघका श्याम माया गुरुङ, राम प्रसाद न्यौपाने ,तुल्सी चौधरी ,टंक प्रसाद न्यौपाने ,लक्ष्मण थारु लगायतले बोल्नुभएको थियो ।कार्यक्रम बुटवल १७का वडा सभापती ओम घिमिरे बाबुरामको को अधक्षता एवम वडा कार्य समिति का सचिव कमल गुरुङंको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij