JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा हुने दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा

बुटवलमा हुने दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा

बुटवल -बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुधवार देखि शुरु हुने दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । नवदिप कवर्ड हलमा हुने प्रतियोगिताको तयारी करीब करिव पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताउनु भयो । प्रतियोगितामा भाग लिन आउने टीमहरुको दर्ता जारी रहेको छ । सोमवार सम्ममा १सय ५० टीमले नाम दर्ता गराएको र २ सय टीम सहभागिता हुने निश्चित भएको अध्यक्ष टण्डनले बताउनु भयो । बैशाख ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरु खेलाईने छ । मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्ष माथि, ५५ वर्षमाथि र महिला सिगलमा खेलहरु खेलाईने अध्यक्ष टण्डनले बताउनु भयो । प्रतियोगिताको मेन्स सिङ्गल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैंया, द्घितीय ३० र तृतीयलाई २० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक शम्भु भट्रराईले बताउनु भयो । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैया, द्घितीय २० र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि ५५ वर्षमाथि उमेर समुहको प्रथमलाई २० हजार रुपैंया, द्घितीय १५ हजार र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितालाई मुख्य प्रायोजक लुम्बिनी वर्ड स्कुल मधवलिया रहेको छ ।
प्रतियोगिताका संयोजक भट्टराईले २० लाख ६० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेलप्रेमी तथा संघसंस्थाहरुबाट आर्थि सहयोग प्राप्त हुने क्रम जारी रहेको बताउनु भयो । क्लबले यसअघि अन्तर विद्यालय २ पटक, क्षेत्रीयस्तरको ४ पटक, लुम्बिनी प्रदेशस्तरीय २ पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगिता २ सय ८ जना खेलाडी र करीब १० हजार दर्शकहरुले अवलोकन गर्ने छन । क्लबमा हाल ३४ आजिवन र ५५ जना साधारण सदस्य गरि ८९ जना छन ।

 

प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij