स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा हवाइ गस्ती पनि गरीने छ ः गृहमन्त्री खाँण 

स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा हवाइ गस्ती पनि गरीने छ ः गृहमन्त्री खाँण 

बुटवल,

गृहमन्त्री बालकृष्ण खांणले बैशाख ३० गतेको स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थामा आवश्यक परे हवाइ गस्ती पनि गरीने बताउनु भएको छ । देशैभर एकै पटक निर्वाचन सम्पन्न गर्न सुरक्षा चुनौती थपिने भन्दै गृहमन्त्री खाँणले आवश्यकताका आधारमा सुरक्षालाइ मजबुद बनाउन नेपाली सेनाका हेलिकप्टर र निजी हेलिकप्टरको प्रयोग गरेर गस्ती बढाइने बताउनु भएको हो । बुधबार गृहजिल्ला रुपन्देही आउनु भएका गृहमन्त्री खाँणले आज आफनै निवास तिलोत्तमामा पत्रकारहरुसंग साक्षातकार गर्दै सो कुरा बताउनु भएको हो । सुरक्षा चुनौती देखिएका स्थानमा हेलिकप्टर मार्फत तत्काल शसस्त्र प्रहरी पुरयाउने व्यवस्था गरीने पनि बताउनु भयो ।

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा तोकीएकै मितीमा सम्पन्न हुने उहाँले बताउनु भयो । निर्वाचनका सम्बन्धमा अव कुनै शंका उपशंका नरहेको भन्दै समयमै स्वच्छ र निश्पक्ष निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी भइसकेको बताए । ‘अब पनि निर्वाचन हुदैन भन्ने कुनै सवाल नै रहेन,समयमै स्वच्छ र निश्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ’ गृहमन्त्री खाँणले भन्नुभयो ।

यसपालीको निर्वाचनमा साना र नयांँ दलहरुले पनि भाग लिने भन्दै उहाँले विप्लव नेतृत्वको नेकपासंग पनि चुनावमा सहभागिताबारे चरणबद्ध छलफल भैरहेको बताउनु भयो ।

निर्वाचनमा पांँचदलीय गठबन्धन बिच भएको सहमती पालना गरीने पनि बताउनु भयो ।संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका मौलिक अधिकार रक्षाकालागि गठबन्धन सरकार निर्माण भएको बताउँदै उहाँले गठबन्धनका सम्बन्धमा पार्टीको निर्णयलाइ अक्षरसपालना गर्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो । गठबन्धनको मर्म अनुरुप सहमति ,सहकार्यको निर्णय प्रति नेपाली काँग्रेस प्रतिवद्ध छ त्यसलाइ कार्यान्वयनको अन्तिम दिशातर्फ लैजान सबै प्रतिबद्ध हुनुपर्छ’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij