पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग

पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग

काठमाण्डाै – निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताउनुभयो ।

आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।  यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ । आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij