बुटवल – मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले १६औं लोकतन्त्र दिवस मनाएको छ । बुटवलको विपि चोकमा मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै १६ औं लोकतन्त्र दिवस मनाएको हो ।
प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्टचार र कुशासन लोकतन्त्रका प्रमुख सत्रु भएको बताउनुभएको छ । उहाँले सुशासनले लोकतन्त्रलाई सुदृढ बनाउदै लैजाने बताउनुभयो ।
लोकतन्त्र माथी व्यवस्था विरोधीहरुले चौतर्फी प्रहार गर्न खोजेको भन्दै यसको परिवर्तन पक्षधरहरु अब एक ठाँउमा उभिएर उपलब्धीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।साथै उहाँले निर्वाचनलाई मितव्ययी र प्रविधीमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । शभापति खनालले लोकतन्त्र जनताको जीवन संग जोडिने पर्ने बताउदै यसको उचित सम्बोधन हुन नसक्दा जनतामा निराशा छाएको बताउदै लोकतन्त्रको मुख्य रक्षक जनता नै भएको बताउनुभएको छ ।
त्यस्तै पत्रकार महासंघ रुपन्ेदहीका अध्यक्ष रामराज पोखरेलले लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा शान्ति समाज शाखा सभापति डिपी खनाल, दिपक अधिकारी ,सचिव कपिल ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
प्रदर्शनका क्रममा सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन : भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता : प्रविधिमैत्री निर्वाचन, गुणस्तरीय स्वास्थ्य सेवा : सबैको अधिकार,लोकतन्त्रको आधार : शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य,लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा वैज्ञानिक शिक्षा : सबैको अधिकार, लेखिएका प्लेकार्ड सहित आधा घण्टा प्लेकार्ड प्रदर्शन गरेको हो । कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य विष्णु भुसाल, पत्रकार हरिष ढकाल, लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्