तिलोत्तमाको मेयरमा गठबन्धनबाट काँग्रेसका खाणले दिए उम्मेदवारी

तिलोत्तमाको मेयरमा गठबन्धनबाट काँग्रेसका खाणले दिए उम्मेदवारी

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरकालागि नेपाली काँग्रेसका रामकृष्ण खाँणले उम्मेद्वारी दर्ता गराएका छन । पाँच दलिय गठबन्धन भने पनि यो नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएको छ । उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । दिउँसो ३ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर गठबन्धनका तर्फबाट काँग्रेसका खाँण र माओवादीका पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन ।
मनोनयन दर्ता गराएपछि खाँणले तिलोत्तमा नगरपालिकालाइ देशकै स्वच्छ,सुन्दर,हरियाली र समृद्ध नगरपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । आफु निर्वाचित भए नगरपालिकाबाट पाउने तलब भत्ता समेत नलिइ बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यमा लगानी गर्ने बताए । नगरपालिका भित्रको खेतीयोग्य जमिनमा आधुनिक कृषि प्रणाली मार्फत कृषिको व्यवसायीकरण गर्ने,उत्पादनमुलक उद्योगमा लागनी भित्र्याउन लागानी मैत्री वातावरण बनाउने,शिक्षा,स्वास्थ्य,सडक, फोहोर व्यवस्थापन, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरी समृद्ध नगर बनाउने विशेष योजना सहित मेयरका उम्मेद्वारी दिएको र आफुले गरेका बाचा पुरा गरेरै छाड्ने खाँणले बताए । जनतालाइ झुटो आश्वासन नबाँड्ने भन्दै उनले आफुले बोलेका कुरा पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोरयाए ।

May be an image of 3 people, people sitting and people standing
को हुन खाँण
मेयरका उम्मेद्वार खाण नेपाली काँग्रेस रुपन्देहीका सभापती पनि हुन । यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेका थिए । नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय छन । २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएका नेता खाँणको परिवार उनी नजन्मदै १०१७ सालमा रुपन्देही झरेको हो ।
उनी गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका भाइ हुन । उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए । बाल्यकालमा २०३५ सालदेखि नै उनी बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए । २०५४ सालमा उनी काँग्रेस रुन्पन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । २०६६ सालमा जिल्ला सचिव भए । त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका हुन ।

प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij