बुटवल
बुटवल र तिलोत्तमाका प्रमुखले निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनाब प्रचारप्रसारमा खटिएका छन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, बुटवलकी उपप्रमुख गुमादेवी आचार्य पदमा बहाल रहेकै अवस्थामा एमालेका उमेदवारहरूको प्रचार अभियानमा खटिएका हुन्।
सुवेदी, घिमिरे र आचार्य उम्मेदवार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलामा सहभागी भएका हुन्। यी कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारलाई अभिमुखीकरण दिएका थिए। यस्तै उनीहरू उम्मेदवारी दर्ताको समयमा समेत पार्टीकै ब्यानरमा सहभागी भएका थिए।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन नहुने बताउँछन्। उनी भन्छन्-‘वहालवाला प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन।’
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्