रुपन्देही
पूर्वअर्थमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा विकसीत भएको बताउनुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल(बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उहाँले उल्लेख गर्नुभयो ।
नेकपा एमाले बुटवल उपमहानगरपालिका (१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले पार्टी प्रति समर्पित कार्यकर्ताले विकासका लागि सहि जनप्रतिनिधी छनौट गरेकाले यो ठाउँलाई विकासको उचाइमा पु¥याउन सफल भएको बताउनुभयो ।
पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौ पुल बनेका कारण वारी र पारीको विभेद हटेको भन्दै उहाँले पूर्वाधार विकास, सामाजिक न्यायको कामलाई सँगसगै अगाडी बढाएको उल्लेख गर्नुभयो ।
बुटवल(गैडहवा सडक निर्माणसँगै दाउन्नेमा सुरुङ निर्माण तथा सिद्धबाबामा समेत सरकारकै लगानीमा सुरुङमार्ग निर्माणकालागि डिपिआर अध्ययन भइरहेको बताउँदै उहाँले केही समयमै बुटवल(पोखरा र बुटवल ( गोरुसिङ्गेको काम शुरु हुने उहाँले बताउनुभयो । “बुटवल जितगढी स्थित तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ, इन्जिनियरको सल्लाहमा काम हुन्छ ”, उहाँले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले देशका ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार १६५ अस्पतालको सिलान्यास गर्ने काम भए पनि वर्तमान सरकारले यो योजना कार्यान्वयनमा बाधा उत्पन्न गरेको बताउनुभयो ।
नागरिकप्रति दायित्व बोध गर्ने पार्टी भएकाले एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको स्मरण गर्दै पुर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “ खानेपानी स्वच्छ भए नागरिक स्वस्थ हुन्छन् भन्ने मनसायले निशुल्क पानी उपलब्ध गराउने योजना ल्यायौँ, तर अहिलेको सरकारले न योजनाको विरोध गर्छ न त कार्यान्वयन गर्छ ।”
“एमाले छ विकास छ, एमाले छैन विकास छैन । विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन्”, उपाध्यक्ष पौडेलले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले तिनाउ नदी करिडोर निर्माणका साथै सुकुम्बासी बस्तीमा लालपूर्जा वितरणको कामले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले लालपूर्जा वितरणका लागि आयोग बनायौ, जग्गा नापजाँच गरेर प्रक्रिया पुरा गर्ने समयमा वर्तमान सरकारले आयोग खारेज गरिदियो तर अब एमाले नेतृत्वमा बन्ने सरकारले यो काम पूरा गर्छ । ”उपाध्यक्ष पौडेलले भन्नुभयो ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी नेताहरु पुरुषोत्तम घिमिरे, मधुकला कुँवर, दिपक पन्थी लगायतले जनताको मुहारमा खुशी ल्याउन एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताउनुभयो ।
नेकपा एमाले बुटवल उपमहानगरपालिका (१३ को अध्यक्षमा शोभाखर पोखरेल, महिला सदस्यमा मन्दिरादेवी गौडेल, दलित सदस्यमा कृष्णा सुनार, सदस्यमा झबिन्द्र थापा र दलबहादुर थापाले उम्मेदवारी दिनुभएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्