तिलोत्तम-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार कार्यालय उद्घाटन गरिएको छ।
शुक्रवार एक कार्यक्रमका बिच गठबन्धनका मेयरका उम्मेदवार रामकृष्ण खाण र उपप्रमुख पदका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।
कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा ल नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन आग्रह गरेका थिए। उनले आफुले आजमात्रै सार्वजनिक गरेका घोषणापत्रका सबै कामहरु अक्षरस पालना गर्ने दाबी गर्ने बताए। उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने प्रतिबद्धता ब्यक्त गरे।
यसअघिको नगरपालिकाको नेतृत्वले विभिन्न परियोजनाको नाममा अनियमितता गर्ने गरेको आरोप लगाउँदै अब आउने नेतृत्वले त्यस्तो नगर्ने दाबी गरे ।आफुले जितेपछि अहिले रहेको नगरपालिकाको आधुनिक भवनलाई अस्पताल बनाउने उल्लेख गरे । जनताको घरमा पंखा नभएको तर जनप्रतिनिधिले एसी लगाएर सुविधा सम्पन्न भवनमा बस्न नहुने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।नगरपालिका प्रचारमा केन्द्रित मात्रै रहेको बताउदै अहिलेको गठबन्धनले गर्न सक्ने काम मात्रै घोषणपत्रमा समावेश गरेको र जनताले अब एमालेको पछि नलाग्ने दाबि गरे ।
कार्यक्रममा महासमिती सदस्य रोमणी पाठक ,नेता होमनाथ न्यौपाने ,केसरी पाण्डे लगायतले बोल्दै यो निर्वाचनमा गठबन्धनमा आबद्ध दलको बिजय हुने दाबि गरे ।सो अबसरमा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि १९५ जना काङ्ग्रेस प्रबेस गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्