तिलोत्तमा -नेपाली कांग्रेस तिलाेत्तमा वडा न ५ काे चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यालयकाे अाज उद्घाटन भएकाे छ। उद्घाटन पछि अायाेजना गरिएको काेण सभामा बाेल्दै मेयरका प्रत्यासी नेता खाणले तिलाेत्तमालाई भ्रष्टाचार मुक्त तिलाेत्तमा बनाउने प्रतिबद्धता जनाउनु भयाे । तिलाेत्तमा प्रशस्त सम्भावना बाेकेकाे नगरपालिका भएकाेले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताउनु भयाे ।कार्यक्रममा गठबन्धनकाे तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने बताउनु भयाे । कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकाे छ। उक्त पत्रमा सन्तुलित र पक्षपातरहित विकास निर्माणमा जाेड दिईएकाे छ। प्रतेक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानकाे ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएकाे छ। पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मकाे तुल्सीपुर कुलाे चाैडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुकाे दीर्घकालीन साेंच राखि पक्की तथा स्तरउन्नति गर्ने कुरामा जाेड दिएकाे छ । प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाड रहेको कार्यक्रममा माअा्वादि जिल्ला अध्यक्ष निर्मल जीसी, माअाेवादिका नगर अध्यक्ष बेलप्रसाद गाैतम,कांग्रेस नगर अध्यक्ष हरिलाल पाण्डे , राेमणिप्रसाद पाठक,मिनप्रसाद अधिकारि ,लगायतकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे सदस्यहरु धर्मादेवि न्याैपाने,प्रमिला सुनार,हरि पन्त , हिरा गिरि लगायतकाे सहभागिता रहेकाे थियोे । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारी काे अध्यक्षतामा भएकाे कार्यक्रम काे सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।
प्रकाशित मिति : शनिबार, बैशाख १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्