देवदह । देशको समग्र विकासका लागि नेपाली कांग्रेसको विकल्प नभएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले बताउनु भएको छ । देशमा आईपर्ने हरेक अप्ठयारो परिस्थितीमा नेपाली कांग्रेसले काध थापेर देशलाई अगाडी बढाएको नेता रज्जाकले उल्लेख गर्नुभयो ।
नेकपा एमालेले दुई तिहाईको सरकारलाई विचमै ढालेर देशलाई अन्धकार तर्फ धकेली रहेको अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवादी पार्टी लगाएतलको पार्टीले गठबन्धन सरकार बनाएर देशलाई निकास दिएको दावी गर्दै देवदह नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेद्वार हिरा बहादुर खत्री र नेकपा माओवादी केन्द्रबाट उपमेयर पदका उमेदवार सुन्दरी गिरीलाई भोट दिएर जिताउन नेता रज्जाकले आग्रह गर्नु भएको थियो ।
केन्द्रिय सदस्य रज्जाकले आफु सांसद हुदा देवदहमा थुप्रै विकासका काम गरेको स्मरण गर्दै थालिएका कामहरु नगरपालिकामा कांग्रेसको बहुमत नहुदा अपुरै रहेको भन्दै अव देवदहमा विकासको लहर ल्याउन मेयर, उपमेयरमा संयुक्त गठबन्धन र हरेक वार्डमा कांग्रेसका उमेदवारलाई जिताउन रज्जाकले आग्रह गर्नु भएको थियो ।
नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाएको छ । नेता रज्जाकले देवदह नगरको वडा नं १,३ र ६ को घरदैलो कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्