देवदह ।
देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जितको आवश्यकता रहेको स्थानीयले बताएका छन मो । देवदहलाई समुन्नत तर्पm धकेल्न नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जितको आवश्यक रहेको देवदह वडा नं १,२ का स्थानीयले बताएका छन । स्थानियले नगर खत्रीले अघि सारेका केही कामहरु अभैm वाकी रहेकाले त्यसलाई पूर्णता दिन मेयर खत्रीको जितको अनिवार्ये आवश्यकता रहेको बताएका छन । गठबन्धको संयुक्त घरदैलोमा स्थानीयले वडाबाट सजिलै हुनुपने काममा पनि पहिलेका जनप्रतिनिधिले दुःख दिने गरेको दुखेसो गरेका थिए । वडाबाट हुने विकास निर्माणका काममा जनप्रतिनिधले छुट्याएर गरेको आरोप लगाउदै अवका दिनमा वार्डको समग्र विकासका लागि कांग्रेसले जित्नै पर्ने बताए । शिक्षा, स्वास्थय, खेलकुद, खानेपानी लगाएतका अत्यावश्यक चिजको साथै समग्र विकासको लागि गठबन्धको जित भएमात्रै संभव भएको स्थानीले बताएका छन । सो घरदैलो कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै मेयर पदका उमेदवार हिराबहादुर खत्रीले देवदहलाई कृषि पकेट क्षेत्रको रुपमा अगाडी बढाउदै लगेको बताउनु भयो । स्थानीयको ईच्छा, चाहना र आवश्यकता अनुसार नगरले भ्याए सम्मको काम आपूm मेयर रहदा पनि गरेको र अब पनि वाकी रहेका काम गर्ने उल्लेख गर्नु भयो । देवदहलाई पर्यटकीय गन्तवयको रुपमा विकास गर्नका लागि विभिन्न योजनाहरु अगाडी सारिएको र केही कामहरु पूरा पनि भैसकेको बताउनु भयो । स्थानीयको ईच्छा, चाहना र माग अनुसार नै आप्mले काम गर्ने बताउनु भयो । नगरमा भएको र आएको बजेटले थेग्ने अनुसारका विकास निर्माणका काम सम्पन्न गरेको उल्लेख गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्