वडा अध्यक्षका उम्मेदवार पौडेलको प्रतिवद्धता : बजारलाई पार्किङ् सहित व्यवस्थत गर्नेछौं

वडा अध्यक्षका उम्मेदवार पौडेलको प्रतिवद्धता : बजारलाई पार्किङ् सहित व्यवस्थत गर्नेछौं

बुटवल

बुटवल उपमहानगरपालिका वडा नं. ४ मा वडा अध्यक्षका उम्मेदवार नरिश्वर शर्माले आफूले जितेमा वडामा पार्किङ सहित बजारलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पौडेलले चुनावी घरदैलोमा मतदातासंग वडालाई व्यवस्थित र सुविधायुक्त बनाउनको लागि आफू सहित आफ्नो टिमका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्षमा शर्मा सहित महिला सदस्य पदमा पुनम थापा, दलित महिला सदस्यमा गोमा नेपाली तथा खुल्ला सदस्य पदमा अरुणकुमार श्रेष्ठ र गफुर मिया अली उम्मेदवार हुनुहुन्छ । उक्त टिमले लक्ष्मी माबिमा आवश्यकता अनुसार दरवन्दी मिनाल गरी विद्यालयमा सीपयुक्त शिक्षा उपलब्ध गराउने गरी स्तरबृद्धि गर्ने, कान्ति माविलाई स्नाकोत्तरसम्मको शिक्षा प्रदान गर्नेगरी क्याम्पस बनाउने र निजी बिद्यालयहरुलाई पनि सेवामुलक शिक्षण संस्थाको रुपमा बिकसित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै बुटवल बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गरिने छ ।

 

त्यस्तैगरी वडा नं. ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी चिकित्सक सहितको सेवा प्रदान गर्ने र जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता सो टिमको छ । वडाका हरेक टोलमा थ्रि फेजको विद्युत लाइन विस्तार गर्ने, बजार क्षेत्रमा विद्युत, टेलिकम, ईन्टरनेटका तारलाई दीर्घकालिन व्यवस्थापन गर्ने, शुद्ध र सफा खानेपानीको व्यवस्थापन गर्ने, ठेक्केदारी प्रथाबाट चर्को शुल्कमा हुँदै आएको फोहोर उठाउने प्रद्धतीलाई व्यवस्थित गरी न्यूनतम शुल्कमा घरभित्र तथा सडकका फोहोर व्यवस्थापन गर्ने र वडालाई पूर्ण सरसफाईयुक्त वडा बनाउने प्रतिवद्धता गरिएको छ ।

सवारी पार्किङलाई व्यवस्थित गर्ने, आदर्शनगर लक्ष्मीनगर क्षेत्रमा नगरबस सञ्चालन गर्ने, सडक पिच नभएका क्षेत्रमा तत्काल कालोपत्रे गर्ने, आदर्शनगर, प्रगतिनगर, लक्ष्मीनगर हुँदै वडा नं. ३ जोड्ने रिङरोडको लागि आवश्यक वजेट व्यवस्थापन गर्न पहल गर्ने वडा अध्यक्षका उम्मेदवार शर्माले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

त्यस्तैगरी लक्ष्मीनगर क्षेत्रमा पहिरो प्रभावितलाई अल्पकालिन रोकथाम गरी दीर्घकालिन समाधानको लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसंग पहल गर्ने, सुखौरा खोलालाई तटबन्धन गरी बस्तीलाई सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij