नेकपा एमाले तिलोत्तमा ११घरदैलो अभियान

नेकपा एमाले तिलोत्तमा ११घरदैलो अभियान

अाउँदाे वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न दलहरूले घरदैलाे कार्यक्रमलाई उत्साहकासाथ अगाडि बढाएका छन् । यसैक्रममा नेकपा एमाले तिलाेत्तमा वडा नम्बर ११ले घरदैलाे अभियानलाई निरन्तरता दिएकाे छ। तिलाेत्तमाकाे वडा नम्बर ११ का विभिन्न स्थानमा मंगलबार नेकपा एमालेका उमेदवारहरू जनताका घरघरमा पुगेर अाफूहरूलाई मतदान गर्न अाग्रह गरेका छन् । वडा अध्यक्ष पदका उमेदवार विष्णु बराल क्षेत्री (विशाल) , खुला सदस्य पदका उमेदवार राधा शाही , त्यस्तै खुला सदस्य पदकै उमेदवार उमेश चन्द्र बस्याल , दलित महिला सदस्य पदका उमेदवार लक्ष्मी विश्वकर्मा साथै महिला सदस्य पदका उमेदवार सुनिल्का खवाससहितका पार्टीका अन्य कार्यकर्ताहरू घरदैलाेमा सक्रिय भएकाे वडा अध्यक्ष पदका उमेदवार विष्णु बराल क्षेत्री (विशाल)ले जानकारी दिनुभयाे । घरदैलाे अभियानका क्रममा अध्यक्षका उमेदवार क्षेत्रीले अाफूलाई जिताएमा वाडकाे विकासमा जिम्मेवारीपूर्वक कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नभयाे । साथै समग्र क्षेत्रमा समान तरिकाले काम गर्ने अठाेट गर्नुभएकाे छ । दैनिक पाँचसय भन्दा बढीको उपस्थितिमा घरदैलाे कार्यक्रम भैरहेकाे नेकपा एमाले तिलाेत्तमा ११ ले जनाएकाे छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij