बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नु : गृहमन्त्री बालकृष्ण खांण

बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नु : गृहमन्त्री बालकृष्ण खांण

बुटवल- गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्ने पार्टी एमालेलाइ भोट नदिन आग्रह गर्नुभएको छ । बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताउनुभयो ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको आरोप लगाउनु भयो ।
उहाले भन्नुभयो – ‘यसअघि स्थायी राजधानी बुटवल नै बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’
उहाले एमाले उपाध्यक्ष विष्णु पौडेल प्रति कटाक्ष गर्दै सुकुम्बासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाउनुभयो । ‘सुकुम्बासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?’ खाँणले भन्नुभयो– ‘सुकुम्बासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र होइन काठमाडौंमा पनि ।’
उहांले नेपाली राजनीतिमा शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताउनुभयो । उहाले रुपन्देही सहित देशभर गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयो ।
रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । तिलोत्तमामा रामकृष्ण खांण नेतृत्वलाइ बिजयी गराउन उहाको आग्रह छ ।

 

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij