बुटवल-आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई जोड दिएका छन् । यति बेला जनताको घरदैलोमा पुग्दै भोट माग्दै गरेको देखिन्छन् । चुनाव नजिकिएसँगै जनताले कसलाई भोट दिँदा विकास र समृद्धि हुने हो भन्दै त्यसको पक्षमा जनताहरु देखिन थालेका छन् ।

विभिन्न पदका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्दै आफ्ना एजेन्डा र भिजनलाई जनताको बीचमा लैजाने प्रयत्नमा जुटेका छन् । आम मतदाताले आफ्नो स्थानीय तहमा उम्मेदवार को बन्ला रु भन्ने चासो मात्र राखेका छैनन्, उनीहरूले अबको उम्मेदवारबारे आफ्नो अभिमत समेत राख्न थालेका छन् । बुटवल उपमहानगरपालिकामा विभिन्न दलका नेता, कार्यकर्ताहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मुख्य गरि नेपाली काँग्रेस,नेकपा एमाले र जसपाले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार अन्य दलभन्दा पृथक रहेको छ । जनताको माझमा कांग्रेस सरकारले उत्कृष्ट काम गर्ने भन्दै आम जनताले कांग्रसलाई जिताउनुपर्छ भन्दै घरदैलो अभियानमा लागेका छन् । वडाको विकास, समृद्धि र सुशासनका लागि अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मीलाई जिताउनु पर्ने बताउँछन् । यति मात्र होइन, रेस्मीलाई जनताले वडा नम्बर १७ को विकास चाहने तपाई मात्र हो, तपाईलाई हामीले जिताउँछौ र जित्नै भन्दै समर्थन जनाएका छन् ।

५ वर्षको अवधीमा अघिल्लो सरकारले जनताको पक्ष र हितमा काम गर्न नसकेको भन्दै यस पटक कांग्रेसलाई जिताउन आम जनता लागेका छन् ।
अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मीले जनताको घरघरमा पु्ग्दै रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै विकास र समृद्धिका लागि कांग्रेस र गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले वडाको समग्र बिकासको लागी आफू लाग्ने प्रतिबद्धता जनाउँदै नमुना वडा बनाउने बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारको क्षेत्रमा प्राथमिकता दिँदै अगाडी बढ्ने बताउनुभयो ।

यस्तै सदस्यहरु राम प्रसाद न्यौपाने ,तुल्सी बहादुर चौधरी, देबि कुमारी दंगोरीया र रेखा बिकले मतदातासँग कांग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै सुन्दर र सम्मुन्नत वडा बनाउने बताउनुभयो ।
नेपाली कांग्रेस वडा नम्बर १७ ले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रम भव्यरुपमा संचालन भइरहेको छ ।आयोगले घरघरमा पुगेर सिकाउने मतादाता शिक्षा यो वर्ष सञ्चालन नभएपछि अहिले उम्मेद्वारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् ।
निर्वाचनमा नयाँ मतादाता तथा जेष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिन्ह्मा कसरि मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको पार्टी सभापति बाबुराम घिमिरे ले बताउनुभयो ।
पार्टी सचिव कमल गुरुङले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर मत बदर हुनबाट जोगिनको लागि मतदाताको घरदैलोमा पुगरे मतदाता शिक्षा प्रदान गरेको बताउनुभयो ।
घरदैलोमा प्रदेश प्रतिनिधी भिम प्रशाद न्यौपानेले सहि तरिकाले मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा कलम चिन्ह र अरु सबै रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
बुटवल १७ कि ३७ वर्षिया लक्ष्मी पोखरेललेले कांग्रेस उम्मेद्वारको कारणले आफुले मतदान गर्ने तरिका थाहा पाएको बताउँदै यो पटक कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने बताउनुभयो । उहाले भन्नुभयो ,‘भोट माग्न धेरै आए, तर कसैले पनि मतदान गर्ने तरिकाको बारेमा सिकाएनन्, यदि गठबन्धनका उम्मेद्वारले नसिकाएको भए मेरै मत पनि बदर हुने रहेछ । ’
मतादाता शिक्षाको बारेमा पहिले थाहा नपाएपनि कांग्रेस उम्मेद्वारले सहि तरिकाले मतदान गर्न सिकाएको प्रति स्थानीयले खुसि ब्यक्त गरे ।कांग्रेसको समर्थनमा सयौँ कार्यकर्ता, समर्थकको साथमा घरदैलो अभियान गरेको वडा कमिटीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्