तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा

तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा

तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन खांणको आग्रह

तिलोत्तमा -रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो ।
तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।
उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।
उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।
सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् ।
सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न१३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल , जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे ।

 

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij