राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

sf7df8fF}, @& j}zfv M k|ltlglw;ef a}7s ;+3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7s . /Tg >]i7÷/f;;

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै अधिवेशन आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएकाे हाे ।

 

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकाे थियाे ।

 

जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij