बुटवलमा पाँच दलीय गठबन्धनका विद्यार्थी संगठनहरुको भेला

बुटवलमा पाँच दलीय गठबन्धनका विद्यार्थी संगठनहरुको भेला

 

बुटवल-पाँच दलीय गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुको भेला आईतबार बुटवलमा सम्पन्न भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल छैठौको संयुक्त भेला गरिएको हो ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु चुनावी समिकरण सहित स्थानीय निर्वाचनमा होमिएकाले गठबन्धनका उम्मेदवारहरुलाई कसरी जिताउन सकिन्छ र त्यसमा विद्यार्थी संगठनहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल गर्न भेला गरिएको विद्यार्थी परिचालन समन्वय समितिका संयोजक अर्जुन खनालले बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले अहिले जीतहारको मात्रै विषय नभएर संविधान र व्यवस्था रक्षाको लागि महत्वपूर्ण निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने दायित्व आफूहरुको काँधमा आएको बताउनु भयो । उहाँले सोही अनुसार परिचालित हुन पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नगरपालिकाको मुहार फेर्नको लागि पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने भएकाले सबै दलले प्रतिवद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुपर्ने बताउँदै त्यस्तो वातावरण तयार गर्नको लागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफूले चुनाव जितेमा गरेका वाचा र प्रतिवद्धता प्राथमिकताको आधारमा ५ वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले गठबन्धनको पक्षमा माहौल बनाउन विद्यार्थीहरुलाई आग्रह गर्दै निर्वाचनको समयमा हुने गलत क्रियाकलाप हुन नदिको लागि पनि पहरेदारी गर्न आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij