भ्युटावरबाट देखिने छत्तिस मौजाको दारुण व्यथा

भ्युटावरबाट देखिने छत्तिस मौजाको दारुण व्यथा

तिलोत्तमा -मिडियाको प्रयोग र प्रचार प्रसारका कारण देश भरी नै नाम कमाएको बताइने तिलोत्तमा नगरपालिकामा यस वर्ष करौडोको लागतमा दुईवटा सेता घर ठडिए– भ्यु टावर र नगरपालिकाको भवन । यी संरचना बनाउन आवश्यक थियो की थिएन त्यो आफ्नो ठाउमा छ तर ती भवनका तलपट्टी वर्षौँ देखि आफ्नो अस्तित्वका लागि निरन्तर सङ्घर्ष गर्दै आएको छत्तिस मौजासामुदायिक सिँचाइ प्रणालीको लागि नगरपालिकाले के के गर्योस भन्ने प्रश्न महत्त्वपूर्ण छ ।
भ्यु टावरमा चढेर किसानको पिडामा रमाउने सम्भ्रान्तहरूका लागि त्यो मनोरञ्जनको माध्यम होला तर ती वर्गलाई मनोरञ्जनदिन बनाइएको भ्यु टावरमा लागेको खर्च छत्तिस मौजा सामुदायिक सिँचाइ प्रणालीको व्यवस्थापनमा गरिएको भए अहिले तिलोत्तमाका हजारौँ किसानको जीवनस्तर फरक खालको हुने थियो। किसानै बाह्रै महिना खेतबारी सुमसुम्याउने थिए, उब्जनी वढ्थो, नगरपालिका कृषि जन्यउत्पादनमा आत्मनिर्भर हुने थिए । यस्तो मौका तिलोत्तमाले खेर फालेकै हो ।
विश्वकै सम्पदा
सामान्य बुझाइमा तिनाउ खोलाको पानी तिलोत्तमा नगरपालिकाका खेतबारीमा लगेरसिचाई गर्ने प्रणाली नै छत्तिस मौजा सामुदायिक सिँचाइ प्रणाली हो । तर यसरी मात्रचिनाउँदा यो प्रणालीको इतिहास र सामूहिक कर्मप्रति अवमूल्यन गरेको हुन्छ । योसिँचाइ प्रणालीको सुरुवात उन्नाईसौ शताव्दीको सुरुवाततिर भएको अनुमान गरिन्छ ।अहिले तिलोत्तमा नगरपालिका वडा न ११ मा पर्ने कुमारीगांउका छेदा थारुको अगुवाइमा बुटवलवाट पानी लैजानका लागि करिब १० किलोमिटर लामो नहर बनाएको वताईन्छ । करिब २ सय वर्ष अगाडी देखि समुदायले आफ्नै बल र विवेकमा सञ्चालन गरेको यस्तो सामुदायिक सिँचाइ प्रणाली संभवत विश्वकै नमुना सिचाई प्रणाली हो । यो प्रणालीलाई नेपालको बहुमूल्य सम्पत्तिको रूपमा पनि लिन सकिन्छ ।
कुला हराए, खेत हराए
सुरुमा ३६ मौजा गाउँमा यो किलोवाट सिँचाइ गरिने हुँदा यो प्रणालीको नाम नै ३६मिचा सिँचाइ प्रणाली राखिएको हो । अहिले यो प्रणाली वाट तिलोत्तमाका ६० गाउमा सिँचाइ हुन्छ । ३६ मौजा सामुदायिक सिँचाइ प्रणालीको मुख्य नहर अहिले १३ किलोमिटर लामो छ भने ४४ वटा सहायक नहरहरू छन् । तिलोत्तमाको ३५ सय हेक्टर खेतमा यसप्रणाली वाट सिँचाइ हुँदै आएको अनुमान गरिए पनि त्यो बिस्तारै कम हुँदै गएको छ ।
बढ्दो सहरीकरणसँगै बुटवलमा यो सिँचाइ प्रणाली करिब करिब बन्द नै भएको छ भने तिलोत्तमा पनि कतिपय ठाउमा कुलो अतिक्रमण गरी घर निर्माण भएका छन् । ग्रामीणक्षेत्रहरूमा यो प्रणालीको संरचना त देखिन्छ तर चौतर्फी अतिक्रमणका कारण तीसंरचनाहरू पनि साँघुरिँदै आफ्नो अस्तित्व रक्षाका लागि सङ्घर्षरत छन् ।
के गर्नु पथ्र्योे ? भयो के ?
यसबिचमा नगरपालिका किसानलाई बिउ विजन बाँडेर, पशुपालनलाई अनुदान दिएर चर्चामाआउने प्रयास गरेको देखिन्छ तर किसानको लागि यस्तो वितरण भेन्दा यो सिँचाइप्रणालीलाई व्यवस्थापन गरेको भए किसानहरू कहियो गुणा लाभान्वित हुने थिए । अहिलेपनि कुलाका धेरै संरचना पुरिएका छन् । एका तीर हरेक वर्षा याममा नहरका तल्लो किनाराका किसानहरू बाढीका कारण अनेकौँ समस्या भोग्न बाध्य छन् । भने अर्को तर्फ कच्ची संरचनाका कारण स्याउला वाकेर दिनरात नहरमा पानी फर्काउन पुग्नु पर्ने बाध्यता छ ।अहिलेको नगरपालिकाको नेतृत्वले यो प्रणालीको बेवास्ता गरे पनि तिलोत्तमाको संवृद्धि देखाउन भ्यु टावर हैन की यो प्रणालीको व्यवस्थापन जरुरी देखिन्छ । अहिले दुख गरेर प्राय धान र गहुँ खेतीमा मात्र सिँचाइ भएको अवस्था छ । तर पुराना ती सबैकुलाहरूको खोजी गरी ती कुलाहरूमा बाह्रै महिना पानी बग्ने वातावरण बनाउन सके गांउशहरको सौन्दर्य ता त झल्किन्छ नै भ्यु टावरमा चढ्ने पर्यटक हरियाली हेर्न किसानहरूकोखेत खेतमा पुग्नेछ जुन ३६ मौजा सामुदायिक सिँचाइका कारण तिलोत्तमामा सम्भव छ । यसकोलागि जनप्रतिनिधिहरूमा इच्छा शक्तिको आवश्यकता छ । अहिले जस्तो प्रचार र अनावश्यक लगानीमा होइन ।

प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij