ओलीले अपमान गरेका लखन थापाको शालिकमा कांग्रेस नेता खेलराजले पहिर्याए माला

ओलीले अपमान गरेका लखन थापाको शालिकमा कांग्रेस नेता खेलराजले पहिर्याए माला

बुटवल,

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गरेका छन् ।

 

बुटवलको चौराहा (लखन चोक)मा रहेको शालिकमा माल्यार्पण गर्दै सोमबारको घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुग्नु भएका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यणपण गर्दै श्रद्धासुमन ब्यक्त गरे ।

नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले आजको घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उनको भनाइ थियो

देशमा जहानीया राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर शहिद भएको उँहाले स्मरण गराउँदै अहिलेको परिवर्तन ल्याउनको लागि शहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

नेपालको प्रथम शहिद लखन थापा नै भएको बताउँदै उनले अहिले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट प्रथम शहिदको बारेमा भ्रम छर्ने काम भएकोमा दुख ब्यक्त गरे ।

ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संङ्घे रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए । सोमबार बिहान बुटवल वडा न ८ को घरदैलो कार्यक्रम गठबन्धनले गरेको छ ।मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले घर घरमा पुगेर भोट माग्ने मात्र नभएर जनताको गुनाशो पनि सुन्दै आउनु भएको छ । बुटवल वडा नं ७ ,८ मा खानेपानीको अझैं समस्या रहेको स्थानीयले गुनाशो पोखेका छन ।स्थानीय सरकार आएको पाँच वर्षमा पनि बुटवलमा खानेपानीको समस्या सामाधान नभएको स्थानीयले बताएका छन ।अहिलेका मेयर शिवराज सुवेदी कै वडा नंं ७ मा एकदिन बिराएर बल्ल खानेपानी आउँने गरेको स्थानीयको गुनाशो छ । पानी पर्दा धमिलो पानी धारामा आउँने गरेको छ ।

निर्वाचित भएपछि खानेपानी समस्याको सामाधानमा आफुहरुको पहिलो प्राथमिकता रहने पाण्डेय र गुरुङले बताए ।बुटवलमा पाँच दलीय गठबन्धनले मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उप मेयरमा नेकपा एकृकीत समाजबादी पार्टीका चिन बहादुर गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij