देवदह -रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ध्रुव खरेल निर्वाचित भएका छन् । एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनमा उम्मेदवार बनेका हीरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खरेलसंग पराजित भएका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।
४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउँदा गिरीले ७ हजार दुई सय ९० मत पाइन् ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्