रूपन्देहीको तिलोत्तमामा रोकिएको मत गणना राति ९ बजेबाट सुरु हुने

रूपन्देहीको तिलोत्तमामा रोकिएको मत गणना राति ९ बजेबाट सुरु हुने

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रोकिएको मतगणना आज राति ९ बजेबाट हुने भएको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए ।

विरोधकाबीच रोकिएको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेर तिलोत्तमामा वडा नं. २ र १६ को पुनः मतगणना गर्ने सहमति भएपछि गणना हुने भएको हो ।बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी सर्वदलीय बैठकले आज राति ९ बजेबाट मतगणना हुने निर्णय भएको कांग्रेस नेता माधव देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij