भैरहवा,
२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतिपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार संविधानसभा सदस्य इस्तियाक अहमद खान ९ हजार १ सय ३४ मत प्राप्त गरी सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।नपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भइ चुनावी प्रतिष्पर्धामा उत्रिए पनि उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार कमला थापा पराजित भएकी छन् । वडामा भने दुवै पार्टी छुट्टाछुट्टै प्रतिष्पर्धामा उत्रिएका थिए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्