बुटवल ११ को मतपेटिकाको शिल कसले तोड्यो ?

बुटवल ११ को मतपेटिकाको शिल कसले तोड्यो ?

एमाले माथि कर्मचारी परिचालन गरेको आरोप

बुटवल

मतगणना शुरु हुनै लाग्दा बुटवलको वडा नं ११ मा विवाद शुरु भएको छ ।

अहिले सम्मको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिदै आएको थियो । नेकपा एमालेले आफ्नो गढ मान्दै आएको सो वडाको एक वाक्साको एक शिल तोडीएको भन्दै एमाले निकट कार्यकर्ताहरुले विरोध जनाई रहेका छन । यद्दपी वाक्साका अरु शिल भने यथावत छन ।

निर्वाचन अधिकारीहरुका अनुसार वाक्सामा शिल गरीसके पछि ती वाक्साको शुरक्षाको दायित्व निर्वाचन कार्यालयको हुन्छ ।

शुरक्षा घेरावीच निर्वाचनका कर्मचारी र शुरक्षा निकायवाहेक वाक्सा भएको ठांउमा अरु कोहि पनि जान सक्ने अवस्था हुदैन यस्तो अवस्थामा वाक्साको यदी शिल तोडीएको छ भने त्यसको जिम्मेवारी कर्मचारीहरुले नै लिनु पर्छ । एक कांग्रेसका नेताले वताए ।

उनका अनुसार नेकपा एमाले हार्ने अवस्था आए पछि यस्तो कदम चालिएको हुनसक्छ ।

निर्वाचन तथा मतगणना प्रकृयामा सहभागि अधिकांश कर्मचारी वुटवल उपमहानगरपालिका छन । ती कर्मचारीहरु मध्ये धेरैजसो एमाले समर्थक भनेर चिनिने कर्मचारी रहेको वताईन्छ ।

करीव ११ हजार मत खसेको वडा न ११ मा यसअघिको चुनावमा ठुलो अन्तरले एमालेले जितेको थियो ।

एमालेका कतिपय नेताले एमालेलाई ११ नम्वर वडाले जिताउछ भन्दै आए पनि अरु वडामा देखिएको मतदानको टेन्डले यो वडा पनि फुत्किने संकेत देखे पछि एमाले अत्तालिएर भांचो हाल्न कर्मचारी परिचालन गरेको आशंका कतिपयले गरेका छन ।

यद्दपी नेपाली कांग्रेसले यसपटकको चुनावमा ११ नम्वर वडा पनि जित्ने आंकलन गर्दै आएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij