भैरहवामा जेठभित्र वैदेशिक राेजगार कार्यालय स्थापना गर्ने श्रममन्त्रीकाे घाेषणा

भैरहवामा जेठभित्र वैदेशिक राेजगार कार्यालय स्थापना गर्ने श्रममन्त्रीकाे घाेषणा

काठमाण्डाै – श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन यही जेठ महिनाभित्रै भैरहवामा वैदेशिक राेजगार कार्यालय स्थापना गर्ने घाेषणा गर्नुभएको छ ।

 

भैरहवामा उद्योग वाणिज्य संघले आयाेजना गरेकाे कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयाे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सराेकारवलाहरुले वैदेशिक राेजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रकृया भैरहवाबाटै पूरा हुनुपर्ने माग गरेका थिए ।

 

मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे श्रमिक सहायता कक्षकाे पनि अवलाेकन गर्नुभएको थियाे । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिनुभएको छ । गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितकाे टाेली शुक्रबार भैरहवा आएकाे हाे ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij