तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका डिलबहादुर भट्टराई बिजयी भएका छन। भट्टराईले १ हजार ७३० मत ल्याइ वडाध्यक्षमा विजयी भएका हुन।

भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काशीराम काफलेलाई ४०५ मतान्तरले पराजित गरेका हुन। काफ्लेले १ हजार३२५ मत मात्रै ल्याए।

काग्रेसका भट्टराईले वडाध्यक्ष जितेको तिलोत्तमा २ नेकपा एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाई को गृह वडा हो। एमालेको गढ मानीएको वडामा नेपाली काँग्रेसबाट बडा अध्यक्ष सहित दलित महिला सदस्य र एकजना पुरुष सदस्य गरी ३ जना काग्रेसबाट बिजयी भएका छन। एकजना महिला र एक पुरुष सदस्य गरी २ सदस्य एमालेबाट बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्