तिलोत्तमा
तिलोत्तमा नगरपालिकाको मतगणनामा मतान्तर फराकिलो बन्दै गएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेद्वार रामकृष्ण खाणले ८३९ मतले अग्रता लिनुभएको छ ।
२२ हजार मत गणना सकिदा अग्रता लिएका खाणले त्यसयता निरन्तर अग्रता लिइरहनु भएको छ भने मतान्तर पनि बढ्दै गएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३७ हजार ५८१ मत गणना हुदा खाँणले १४ हजार ७६३ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेद्वार मोहन चापागाइँले १३ हजार ९२४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने एमाले उम्मेद्वार जागेश्वरीदेवी चौधरी अग्रता कायमै छ । फराकिलो बनाएकी चौधरीले १३ हजार ५७० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले ६ हजार ९६५ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्